खाता किन खोल्ने?
Why use a bank account?
बैंक खातामा बचत राख्न, पैसा पठाउन वा पाउन र पैसाको हिसाब हेर्न सकिन्छ। खाता खोल्नुअघि शुल्क र न्यूनतम मौज्दातबारे सोध्नुहोस्।
A bank account can help you save, send or receive money and check your balance. Ask about fees and minimum balances before choosing an account.
अभ्यास · खाता खोल्ने एउटा कारण र बैंकलाई सोध्ने एउटा प्रश्न भन्नुहोस्।
Name one reason you might want an account and one question you would ask bank staff.
पैसा बाँडेर राखौँ
Make a simple money plan
आजको खर्च, बचत र आपत् पर्दाका लागि पैसा छुट्याउनुहोस्। आफ्नो आवश्यकताअनुसार रकम मिलाउनुहोस्।
Set aside money for today’s needs, a savings goal and an emergency. Adjust as your needs change.
अभ्यास · पाँच गेडा लिनुहोस्। एउटा गेडालाई रु. १०० मानेर कसरी बाँड्नुहुन्छ, साथीलाई देखाउनुहोस्।
Use five beans or counters worth NPR 100 each. Show a partner how you would split them.
हेर्नुहोस्, अनि तिर्नुहोस्
Check before you pay
QR स्क्यान गरेपछि पाउनेको नाम र रकम जाँच्नुहोस्। नाम वा रकम मिलेन भने रोक्नुहोस्। तिरेपछि भुक्तानी सफल भयो कि हेर्नुहोस्।
After scanning a QR code, check the recipient and amount. Stop if either looks wrong. After paying, check the confirmation in your own app.
अभ्यास · मूल्य रु. ८० छ, तर स्क्रिनमा रु. ८०० देखियो। के गर्नुहुन्छ?
The price is NPR 80 and your screen says NPR 800. Tell a partner what you would do.
आफ्नो कोड सुरक्षित राखौँ
Protect your PIN and OTP
PIN, पासवर्ड र एक पटक चल्ने कोड (OTP) कसैलाई नभन्नुहोस्। शङ्का लागे फोन काट्नुहोस् र बैंकको आधिकारिक नम्बरमा फोन गर्नुहोस्।
Keep your PIN, password and one-time code private. If a caller asks for a code, hang up and contact the bank using its official number.
अभ्यास · बैंकबाट फोन गरेको भन्दै कसैले कोड माग्यो भने के भन्नुहुन्छ? अभ्यास गर्नुहोस्।
Practise what you would say if a caller claimed to be from your bank and asked for a code.
बैंकमा के सोध्ने?
Get ready to talk to a bank
कुन कागजात चाहिन्छ, कति शुल्क लाग्छ र समस्या परे कहाँ सम्पर्क गर्ने भनेर बैंकलाई सोध्नुहोस्। खाता खोल्ने निर्णय तपाईंको हो।
Ask the bank about documents, fees and where to get help. If you choose to apply, use the bank’s official service or branch.
अभ्यास · खेल खेलेर कागजात, भिडियोबाट पहिचान जाँच र OTP बारे अभ्यास गर्नुहोस्।
Play Ready to Bank to practise document, video-verification and one-time-code decisions.
Play Ready to Bank